गोरखा समाचारदाता
बैतडी – बैतडीमा क्वारेन्टिनमा बसेकी २२ वर्षीया महिलाको ज्यान गएको छ ।
जिल्लाको पुरचौडी नगरपालिका ४ मालिका माविको क्वारेन्टाइनमा बसेकी महिलाको सोमबार राति ज्यान गएको हो ।
उनी जेष्ठ १६ गते भारतको गौरीफन्टा नाका हुँदै बैतडी आएकी थिइन् । उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।


