गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको कमलादीबाट जुवा खेल्दै गरेको अवस्थामा ठुला व्यवसायीहरु पक्राउ परेका छन् ।
कमलादीस्थित गनगोर रिजेन्सी बुटिक होटलबाट प्रहरीले ९ जनालाई जुवा खेल्दै गर्दा रंगेहात पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा व्यवसायी अशोककुमार अग्रवाल, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम अग्रवाल, रामचन्द्र संघाई, गोविन्दराम सरिया, विमल आउजा, विमल खेतान, नन्दकिशोर शर्मा तथा होटल संचालक भारतीय नागरिक मिक्की जोगाई रहेका महानगरी प्रभाग दरर्बारमार्गले जनाएको छ ।




















