×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

कोरोनाविरुद्ध परीक्षण गर्न जापानले ४३ देशमा औषधि पठाउँदै

  •  
  • मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    जापानले कोरोनाविरुद्ध परीक्षण गर्न विभिन्न ४३ देशमा औषधि पठाउन लागेको छ । रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोग गर्न परीक्षण थालिएको छ ।

    चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि ४३ देशमा औषधि पठाउन थालेको हो ।

    म्यासाचुसेट्सको एक मेडिकलले फेभिपिराभिरको दोस्रो चरणको परीक्षणसमेत सुरू गरिसकेको छ । अविगान ब्रान्डका नामले चिनिएको यो औषधिले मानिसको कोषमा भाइरसलाई संख्या वृद्धि गर्नबाट रोक्छ ।

    सन् २०१४ मा जापानी रसायनिक कम्पनी फुजिफिल्म होल्डिङ कम्पनीले यो औषधि बनाएको थियो । जापानमा मे ३१ सम्मका लागि आपतकाल घोषणा गरिएसँगै सोमबार त्यहाँका प्रधानमन्त्री सिन्जो अबेले फेभिपिराभिर परीक्षणका लागि निर्णय अघि सारेका हुन् ।

    जापान सरकारले अप्रिलमै फेभिपिराभिरको उत्पादन बढाउन सुरू गरेको थियो । कोरोना भाइरसको उपचारका लागि यसले सकारात्मक असर पार्न सक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ ।

    जापान सरकारले औषधिको मूल्य भने तोकिसकेको छैन । जापानमा उत्पादित कुनै पनि किसिमको औषधिको मूल्य सरकार आफैँले तोक्ने गर्छ । जापानका विदेशमन्त्री तोसिमेट्सु मोटेगीले ४३ देशमा २० देखि एक सय मानिसमा परीक्षण गर्ने किसिमले औषधि पठाइरहेको बताएका छन् ।

    म्यासाचुसेट्सस्थित हार्डवर्ड विश्वविद्यालयको दोस्रो शिक्षण अस्पताल ब्रिघम र महिला अस्पतालमा ५० बिरामीमा गत अप्रिलमै फेभिपिराभिर औषधिको दोस्रो चरणको परीक्षण सुरू भएको थियो ।

    स्कुल औषधि विकास विभाग प्रमुख रोबर्ट फिनबर्गले औषधिले संक्रमितको निको हुने समय र जटिल अवस्थालाई न्यूनीकरण गर्न सक्ने विश्वास रहेको बताएका छन् ।

    चीन र जापानका अनुसन्धानकर्ताहरूले केही महिना अघिदेखि नै फेभिपिराभिरको प्रभावकारिताको अध्ययन गरिरहेका छन् । यो औषधिको परीक्षण चीन र इटालीमा भइसकेको छ । भारतमा पनि औषधिको परीक्षण हुने भएको छ ।

    चीनमा गरिएको एक परीक्षणमा यो औषधि लिएको चार दिनमा बिरामीको परीक्षण नकारात्मक देखिएको थियो । चीनको राष्ट्रिय बायोटेक्नोलोजी विकास केन्द्रले जनाएअनुसार फेभिपिराभिर औषधि प्रयोग गरिएका आठ प्रतिशत बिरामीले मात्रै भेन्टिलेटर प्रयोग गर्नुपरेको थियो ।

    कोरोना भाइरसविरुद्धको खोप र औषधिको विकासका लागि विश्वभरका वैज्ञानिकहरूको दौड चलिरहेको छ । यसअघि मेडिकल परीक्षणमा सफल देखिएपछि अमेरिकाले इबोलाविरुद्ध बनेको औषधि रेम्डेसिभिर कोरोना भाइरसविरुद्ध प्रयोग गर्ने भएको छ ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    मङ्गलबार, जेठ २०, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.