दुर्घटनामा ज्यान गुमाउनेको अझै सनाखत हुन सकेन
गोरखा समाचारदाता
बाँके – बाँकेमा गए राती भएको दुर्घटनामा परी थप १ जनाले ज्यान गुमाएको छ ।
नेपालगञ्जबाट सल्यान तर्फ गएको बस राप्ती सोनारी गाउँपालिका २ ठुरिया जंगलमा दुर्घटना हुँदा ११ जनाको घटना स्थलमा नै ज्यान गएको थियो । घटनामा परी २१ जना घाइते भएका थिए । घाईते मध्ये १ जनाको उपचारको क्रममा नेपालगञ्जमा ज्यान गए पनि दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।
भारतमा रोजगारी गर्न गएका उनीहरु रूपैडिया नाका हुँदै नेपाल प्रवेश गरेर हिजा (आईतबार) राती सल्यानतर्फ जाँदै गर्दा रातको १२ बजेतिर दुर्घटनामा परेको हो ।
ना. ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा. ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको बाँके प्रहरीले जनाएको छ । गाडी तीव्र गतिमा भएकाले अनियन्त्रित भई ट्रकमा ठोक्किएको प्रहरीको प्रारम्भिक अनुमानले जनाएको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर भएकाले अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ ।
मृतकहरु मध्ये ११ पुरुष र १ महिला छन् । उनीहरुको अझै सनाखत हुन सकेको छैन ।
सल्यान जान हिडेको उत्त गाडीमा दाङ र रोल्पाका मानिसहरु पनि रहेको प्रहरीले जाकारी दिएको छ ।
घाइतेहरुको नामावली
- दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
- दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
- दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
- दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
- दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
- दाङ जिल्लाका २० वर्षीय भरत थापा
- रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
- ऐ. का २० वर्षीय वीरेन्द्र परियार
- ऐ. का १८ वर्षीय पुरन परियार
- रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
- रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
- सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
- सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
- सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
- सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
- सल्यान जिल्लाका शिव भण्डारी
- सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
- ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
- ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।



