गोरखा समाचारदाता
काठमाण्डौं – मृगौला पिडित भारतीय लोकप्रिय संगीतकार वाजिद खानको निधन भएको छ ।
वाजिदको आज (सोमबार) बिहान मुम्बईमा निधन भएको हो ।
उनको केही समय अघि मात्र मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनको मिर्गौलामा संक्रमण देखिएको थियो । पछिल्लो ४ दिनदेखि अस्पतालको भेन्टिलेटरमा राखिएाक बाजिद ४२ बर्षका थिए ।
वाजिदमा कोरोना भाइरसको पनि संक्रमण देखिएको बताइएको छ । साजिद–वाजिद दाजुभाईको जोडी बलिउडमा खुब लोकप्रिय थियो । उनीहरु प्रख्यात तबलावादक उस्ताद शराफत अली खानका छोरा हुन् ।
दुबैले सलमान खानको ’प्यार किया तो डरना क्यु फिल्मवाट करिअर सुरु गरेका थिए । त्यसपछि उनीहरुले दर्जनौं फिल्ममा संगीत दिएका थिए । उनका ‘हुड हुड दबंग’, ‘जल्वा’, ‘फेभिकोल से जस्ता गीत चर्चित छन् ।
उनको निधनप्रति बलिउड कलाकारहरुले दुःख ब्यक्त गरेका छन् ।


