गोरखा समाचारदाता
काठमाण्डौँ – नेपालमा आज ४३ जनामा कोरोना संक्रमित थपिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना जाँचका क्रममा थप ४३ जनामा संक्रमण पुष्टी भएको हो ।
प्रतिष्ठानमा गरिएको जाँचको क्रममा जुम्लाका २ प्रहरीसहित १९ जना र दैलेखमा २४ जना गरी ४३ जनामा संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ६१० पुगेको छ भने कर्णाली प्रदेशमा ९४ पुगेको छ ।
हिजो (आईतबार) देशभर १६६ जना संक्रमित थपिएका थिए ।



