गोरखा समाचारदाता
बाँके – सल्यान जादै गरेको बस बाँकेमा दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।
जिल्लाको राप्ती सोनारीमा नेपालगञ्जबाट छुटेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा घाईते सबैलाई उपचारको लागि नेपालगञ्ज ल्याईएको छ । घाईते मध्ये ५ जना गंभिर छन् ।
भारतबाट आएका नेपालीलाई लिएर आइतबार राति नेपालगन्जबाट सल्यानका लागि छुटेको ना. ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी २ मा दुर्घटनामा परेको बाँके प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार रोकिराखेको बा. ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको हो ।
मृत्तक सबैको शवहरु भेरी अस्पतालमा राखिएको छ । मृतकको सनाखत नभएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।


