गोरखा समाचारदाता
गोरखा – आज देखी पुस्तक पसल खोल्न पाउने भएका छन् ।
आईतबार जिल्ला सुरक्षा समितिले निर्णय गरी सुरक्षा मापदण्ड पुरा गरी पुस्तक पसल खोल्न पाउने भएका हुन् ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको समितिको बैठकले जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरुले नजिता प्रकाशन गरी सकेको र विद्यार्थी तथा अभिभावकहरुले समेत पुस्तक पसल खोल्न पाउनुपर्ने माग गरेको भन्दै समितिले आज (सोमबार) देखी खोल्न दिने निर्णय भएको छ ।
बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड र पाठ्य पुस्तक बिकास केन्द्रबाट अनुमति लिएका तथा जिल्ला भित्र रहेका स्विकृत पुस्तक पसलहरुलाई जेष्ट मसान्त सम्म बिहान १० बजे देखी दिउसो २ बजे सम्म स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड पुरा गरेर खोल्न अनुमति दिएको छ ।
समितिले सामाजिक र भौतिक दुरी कायम गरी पुस्तक विक्री गर्ने ब्यवस्था मिलाउन समेत जिल्लाको सबै स्थानिय तहलाई अनुरोध गरेको छ ।




















