गोरखा समाचारदाता
गोरखा – म्याग्दीका कोरोना संक्रमितसँग एउटै बसमा आएका गोरखाका १ जना सम्पर्क बिहिन भएको छ ।
जेठ ९ गते भैरहवाको नमुना माविबाट क्वारेन्टीनमा बसेर गोरखा आएका १ जना सम्पर्क बिहिन भएको हो ।
भैरहवाको नमुना माविबाट क्वारेन्टीनबाट बसले लिएर आएका मध्ये अहिले ६ जना सम्पर्क बिहिन भएको हो । त्यस मध्ये गोरखाको १ जना पनि रहेको खुलेको छ । उत्त बसमा २३ जना सवार थिए ।
संक्रमितसँगै आएका ६ जना हराएपछि स्वास्थ्य निर्देशनालय गण्डकीले खोजी थालेको छ ।
सम्र्पक बिहिन भएका मध्ये गोरखा जाने ब्यत्ति तनहुँको आँबुखैरेनी झरेका थिए भने लमजुङ जाने ३ जना तनहुँको डुम्रै बजार झरेका थिए । त्यस्तै गरी २ जना पोखराको पुरानो बसपार्कमा झरेको निर्देशनालयले जनाएको छ ।
म्याग्दीको मालिका गाउँपालिका २ रुमका ३० वर्षीय पुरुषमा जेठ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।



