गोरखा समाचारदाता
काठमाण्डौं – कलाकार जयनेन्द्र चन्द ठाकुरको ८० वर्षको उमेरमा निधन भएको छ ।
कलाकार ठाकुरको आज (आईतबार) आफ्नै निवास ललितपुरको बागडोलमा निधन भएको हो ।
चरित्र अभिनेताका रुपमा स्थापित ठाकुर पछिल्लो समय प्यारालाईसिसबाट पीडित थिए ।
उनले ज्वाला, देउकी, अधिकार’ चाँदनी, चोर, एक्का ट्रायल, पर्खी बसे, दुई पल, अंगरक्षक, माया बैगुनी, लगायतका १०० बढी चलचित्रमा अभिनय गरेका छन ।
उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।




















