गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना संक्रमणका कारण थप २ जनाको ज्यान गएको छ ।
दैलेख र बाजुरामा गरी २ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रबत्ता डा.बिकास देवकोटाले थप २ जनाको कोरोनाका कारण ज्यान गएको जानकारी दिए । डा.देवकोटाका अनुसार पछिल्लो समय दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षिय पुरुष र बाजुराकी २ वर्षिय बालिकाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
बाजुरामा एक साता अघि भारतबाट आमाबुबा सहित आएकी २ बर्षिया बालिकाको ज्यान गएको हो । बालिकाको आज (आईतबार) विहान २ः३० बजे ज्यान गएको हो ।


