गोरखा समाचारदाता
काठमाण्डौं – आईतबार नेपालमा कोरोना संक्रमित १६६ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज नियमित पत्रकार सम्मेलन मार्फत १६६ जनामा संक्रमण देखिएको जनाएको हो । यो संगै अब नेपालमा संक्रमितको संख्या १ हजार ५६७ जना पुगेको छ ।
णबाट नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले
प्रवक्ता डा.देवकोटाले पोखरामा रहेको प्रयोगशालामा तनहुँका १ जाना र स्याङजाका २ जना गरी ३ जना, नारायणी अस्पताल विरञ्गंजमा पर्साका ५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा कालिकोटका १८ जना, दैलेखका १८ जना र बाजुराका १ जना गरी ३७ जना, सुर्खेतमा सल्यानका २५ र सुर्खेतका १ गरी २६ जना, धुलिखेलमा कपिलवस्तुका १ जना, भेरी अस्पतालमा बाँकेका ८ जना, धरानमा गरिएको परिक्षणमा सप्तरीका १२ जना, सेती अस्पतालमा कैलालीका ३ र बाजुराका २ जना गरी ५ जना, कोशि अस्पतालमा झापाका ४ र मोरङका १ गरी ५ जना र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धनुषाका २१ जना, कपिलवस्तुका ४ जना, रौतहटका २९ जना र सर्लाहीका १० जना गरी ६४ जनामा कोरोना संक्रमण देखिएको हो ।
कुल संक्रमित मध्ये १ हजार ४५० पुरुष र ११७ महिलामा संक्रमण देखिएको हो । आइतबार संक्रमण हुने १६६ मध्ये १६२ पुरुष र ४ जना महिला रहेका छन् ।
आज सम्म पीसीआर विधिबाट ६९ हजार ५८२ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ११ हजार १०९ जनाको नमुना परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ८५३ र आरडिटी विधिबाट ४ हजार ५४ जनाको नमुना परीक्षण भएको छ ।
यस्तै देशभर कुल १ लाख १९ हजार १ सय ९२ जना क्वारेन्टाइनमा रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
कुन प्रदेशमा कति संक्रमित भए त ?
प्रदेश नम्बर १ १३५ जना संक्रमित
प्रदेश नम्बर २ ५१९ जना संक्रमित
बागमती प्रदेशमा १४ जना संक्रमित
गण्डकी प्रदेशमा २० जना संक्रमित
प्रदेश नम्बर ५ ५०९ जना संक्रमित
कर्णाली प्रदेशमा १२२ जना संक्रमित
सुदूरपश्चिम प्रदेशमा २० जना संक्रमित





















