गोरखा समाचारदाता
काठमाण्डौं – रुकुम पश्चिममा ५ जना ज्यान जाने गरी भएको घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगको टोली घटनास्थलतर्फ गएको छ ।
आयोगका उपनिर्देशक चन्द्रकान्त चापागाईं नेतृत्वको आयोगको टोली आज (आईतबार) त्यसतर्फ प्रस्थान गरेको हो ।
अधिकारकर्मीको टोली गाउँमा नै पुगेर अध्ययन गरेर प्रतिवेदन सार्वजनिक गर्ने छ । अन्तरजातिय विवाह गर्न लागेको भन्दै पश्चिम रुकम चौरजहारीको सोतीमा केटा पक्षका ५ जना मारिएका थिए ।
जेठ १० गते जाजरकोटको भेरी नगरपालिकाबाट नवराज विकसहित युवाहरुको समूह नवराजकी प्रेमिका भनिएकी एक शुक्ष्ममा मल्ल ठकुरी थरकी युवतीलाई ल्याउन भन्दै चौरजहारीको सोती गाउँ पुगेका थिए ।
गाउँ पुगेका वेहुला पक्षलाई गाउँलेहरुले घेराहाली कुटपिट गर्दा ६ जना वेपत्ता भएका थिए । त्यस मध्ये ५ जनाको शब हाल सम्म फेला परेको जाजरकोट प्रहरील जनाएको छ।


