गोरखा समाचारदाता
गोरखा – गोरखाको क्वारेन्टीनमा बस्नेहरुलाई योगा र पिठी सिकाउन थालिएको छ ।
क्वारेन्टीनमा बस्नेहरुमा मानसिक एवं शारिरीक रोग देखा नपरोस भनेर योगा र पिटी सिकाउन थालिएको हो ।
जिल्लाको बारपाक सुलिकोटा गाउँपलिको विभिन्न स्थानमा रहेको क्वारेन्टीनमा योगा र पिटी सिकाउन थालिएको छ । ‘क्वारेन्टीनमा बसी रहदा उनीहरुमा मानसिक तथा शारिरीक रुपमा कमजोरी आउन सक्ने भएका कारण हामीले योगा र पिटी सिकाउने ब्यवस्था मिलाएका हौ’ बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विण्णु भट्टले बताए । ‘यसो गर्दा मानसिक रुपमा र शारिरीक रुपमा पनि स्वास्थ्य रहने’ उनले बताए ।
मानसिक तथा शारिरीक स्वास्थ्यका लागि योगा र पिटी आवश्यक रहेकोले सुरक्षामा खटिएका नेपाल प्रहरीको जवानहरुलाई आग्रह गरयौ । सोही अनुरुप केही दिन देखी क्वारेन्टीनमा बस्दै आएकाहरुलाई योगा र पिटी सिकाउन थालिएको बारपाक सुलिकोट गाउँपालिकाका वडा नम्बर ७ का वडाध्यक्ष कृण्ण गुरुङले बताए ।
पहिलो चरणमा बारपाक सुलिकोट गाउँपालिका ४ सौरपानीमा रहेको हिमालय माविको क्वारेन्टीनमा बस्नेहरुलाई सिकाउन थालिएको छ । केही दिन अगाडीबाट उनीहरुलाई त्यस्तो कार्यमा सरिक गराईएको गाउँपालिकाले जनाएको छ ।
हालै मात्र रोजगारीको लागि भारत पुगेका नेपालीहरुलाई जिल्ला फर्काएकाहरु मध्ये बारपाक सुलिकोट गाउँपालिकाका मानिसहरु त्यस क्वारेन्टीनमा बस्दै आएका छन् । अहिले उत्त क्वारेन्टीनमा २५ जना बस्दै आएका छन् ।
योगा र पिटीका लागि नेपाल प्रहरीका जवानहरुले प्रशिक्षण गराई रहेका छन् ।


