गोरखा समाचारदाता
सर्लाही – सर्लाहीको पकडीमा शसत्र प्रहरीको बिओपी माथि भारतीय नागरिकले आक्रमण प्रयास गरेका छन् ।
जिल्लाको गाउँपालिका २ पकडीमा भारतीय नागरिकहरुले ड्युटीमा रहेको सशस्त्र प्रहरीको बीओपी टोलीमाथि आज (आईतबार) बिहान आक्रमणको प्रयास गरेको हो । आक्रमण प्रयास पछि प्रहरीले हवाई फायर गरेको छ ।
अन्तर्राष्ट्रिय सीमा बन्द र लकडाउनका बीच १ जना भारतीय नागरिक सामान लिएर जर्बजस्ती नेपाल प्रवेश गर्न खाजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसपछि ती युवकले नजिकैको गाउँबाट ४०÷५० जनाको समूहमा मानिस लिएर आएर प्रहरीमाथि आक्रमण गर्न खोजेपछि १ राउण्ड हवाई फायर गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
अहिले स्थिति सामान्य रहेको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सीमामा खटिएको सशस्त्र प्रहरीको टोली माथि यसअघि पनि पटक–पटक आक्रमणको प्रयास गरेका थिए । भारतीय नागरिकहरु नेपाल प्रवेश गर्न खोजेका कारण केही ठाउँमा विवाद हुँदै आइरहेको छ ।




















