गोरखा समाचारदाता
काठमाण्डौं – शनिबार नेपालमा १८९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा १८९ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा १२४ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयले आयोजना गरेको पत्ररका सम्मेलनमा कपिलवस्तुमा ७७ जनामा, धनुषका ७ जनामा, झापा १ जनामा, ललितपुरमा १ जना, महोत्तरीकामा ४ जना र रौतहट ६ जनामा कोरोना संक्रमित देखिएको छ ।
त्यस्तै गरी सर्लाहीका १७ जनामा, सिरहाका ११ जनामा रुपन्देहीमा भएको परीक्षणमा ३६ जनामा र कपिलवस्तुमा २९ जना संक्रमण देखिएको हो । ्
विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ । वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।


