गोरखा समाचारदाता
सुर्खेत – सुर्खेतमा आज १४ जना कोरोना संक्रमित पुष्टी भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट दैलेखका १४ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।
पीसीआर परीक्षणका गरिएका मध्ये १४ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले पुष्टि गरेको छ ।
प्राप्त विवरण अनुसार दैलेखको नारायण नगरपालिका वडा नं २, ३ र ६ मा १/१ जना, ४ मा ३ जना, ८, ९, १० र ११ मा २/२ जना संक्रमित देखा परेको हो ।
संक्रमित सबै केही दिनअघि भारतबाट गाउँ फर्किएका थिए ।


