गोरखा समाचारदाता
भक्तपुर – भक्तपुरको ठिमीमा बैंकको एटीएम मेसिन फुटाउदै गर्दा एक युवक पक्राउ परेका छन् ।
ठिमीको वाहखा बजारमा एनआइसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।
मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का संजिव चित्रकारको घरमा रहेको एटीएम मेसिन फुटाउँदै गर्दा सिन्धुपाल्चोकको कदमवास घर बताउने सचिन तामाङलाई पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।
उनले एटीएम मेसिनको बाहिरी कभर मात्रै फुटाएको र रकम लुट्न नपाउँदै पक्राउ गरिएको भक्तपुर प्रहरीले जनाएको छ ।


