एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध समाप्त भएको घोषणा गरेको छ ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा चीनको मात्र पक्षपोषण गरेको भन्दै डब्लूएचओ संगको सम्वन्ध समाप्त भएको घोषणा गरेको हो ।
कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा डब्लूएचओ असक्षम भएको र उसले चीनको मात्रै पक्षपोषण गरेको ट्रपले धेरै अगाडी देखि लगाउदै आएका थिए । डब्लूएचओसँगको अमेरिकाको सम्बन्ध सबै सकिएको भन्दै ट्रम्पको हवाला दिदै सीएनएनले जनाएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यस अघि डब्लूएचओलेको सहयोग रकम कटौती गर्ने घोषणा गरेका थिए । उता चीनले भने डब्लूएचओलाई सहयोग गर्ने बताएको छ ।
चीनको वुहानमाबाट सुरु भएको महामारीको प्रभाव अमेरिकामा पनि परेपछि दुई देशको सम्बन्ध चिसिदै गएको छ । कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै रहेका देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ ।
अमेरिकामा झण्डै १८ लाख सङ्क्रमित छन् भने त्यहाँ १ लाख ४ हजार जनाभन्दा धेरैको ज्यान गई सकेको छ ।


