गोरखा समाचारदाता
काठमाण्डौं – आज देशको धेरै जसो स्थानमा मौषम बदली भई बर्षा हुने छ ।
बंगालको खाडीबाट आएको हावाको प्रभावका कारण आज देशको धेरै जसो भूभागमा बर्षा हुने भएको हो ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेको र न्यूनचापीय रेखासँगै स्थानीय वायुको प्रभावका कारण मौसममा बद्ली भएको मौसमपुर्वानुमान महाशाखाले जनाएको छ ।
शाखाले सूचना जारी गर्दै आज (सनिबार) देशको मध्य, पूर्व र पश्चिमका धेरै ठाउँमा पानी पर्ने जनाएको छ ।
बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले विस्तारै मनसुनको लागि अनुकुल वातावरण बन्न थालेको समेत शाखाले जानकारी गराएको छ ।




















