गोरखा समाचारदाता
तनहुँ – जिल्लाको अधेरीखोला भन्ने स्थानमा ट्रकले ठक्कर दिदा २ जना घाईते भएका छन् ।
भानु नगरपालिका १ को अधेरीखोलामा भएको घटना मोटर साईकलमा सवार २ जना घाईते भएका हुन् ।
अधेरी खोलाको भित्री सडक खण्डमा तुरतुरेदेखी डुम्रे तर्फ जादै गरेको ना.१ ख ७४५२ नम्बरको ट्रकले ग.१३ प १२३२ नम्बरको मोटरसाईललाई ठक्कर दिदा मोटर साईकल चालक भानु नगरपालिका ३ बस्ने बर्ष ४६ का सन्तबहादुर राना र सोही मोटर साईकलमा सवार देवबहादुर कडरिया घाईते भएको तनहुँ प्रहरीले जनकारी दिएको छ ।
घाईते मध्ये चालक रानालाई थप उपचारको लागि पोखरा लगिएको छ ।
दुर्घटनामा संलग्न ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


