कोरोनाका कारण थप १ जनाको ज्यान गयो, ज्यान जानेको संख्या ६ पुग्यो
गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा नोबल कोरोना भाइरस (कोभिड–१९)को सक्रमणबाट आज १७० जनामा संक्रमित भएको पुष्टि भएको छ ।
देशको विभिन्न स्थानमा गरिएको परिक्षणमा शुक्रबार १७० जनामा संक्रमण देखिएको हो । संक्रमणकै कारण थप १ जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको छ भने ज्यान जानेको संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउसो गरेको पत्रकार सम्मेलनमा जानकारी दिदै प्रवक्ता डा.विकास देवकोटाका अनुसार परीक्षणमा १६५ पुरुष र ५ महिलामा कोरोना पुष्टि भएको हो ।
शुक्रबार कोरोना पुष्टि हुनेमा रौतहट राजपुरका ५६ , झापा कचनाकवलका २४, कपिलवुस्तु यशोधराका २३, कपिलवस्तु गौतमबुद्ध मावि क्वारेन्टीनमा बसेका १५, बाँके डुडुवाका १०, कपिलवस्तु विजयनगरका ९, सप्तरी राजविराज, पर्सा पोखरिया, कपिलवस्तु नगरपालिका, बारा र सर्लाही कौदिनहवा मलंगवाका ४/४, झापा तयारीभिट्टाका ३, नवलपरासी सुस्तापूर्व र दाङ गढवाका २/२ जना, र झापा भद्रपुर, पर्सा जिराभवानी, म्याग्दी मालिका, रुपन्देही सैनामैना र लतिलपुरको पाटन अस्पतालमा रहेकी सर्लाहीकी १/१ जना गरेर १७० जनामा कोरोना पुष्टि भएको हो ।



