×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

जीवनसाथी नपाएपनि मलाइ बुझ्ने साथी पाएकी छु’

  •  
  • शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    फिल्म । नेपाली फिल्मनगरीमा लगातार सफल फिल्म दिने निर्देशकमा पर्छिन् , दीपा श्री निरौला । अभिनेत्री हुँदै निर्देशनमा आएकी दीपाले ‘६ एकान ६’ मार्फत निर्देशनमा पाइला टेकिन् । डेब्यु फिल्ममै उनलाई सफल निर्देशकको ट्याग लाग्यो । त्यसपछि वडा नम्बर ६ , छक्का पञ्जा , छक्का पञ्जा २ र छक्का पञ्जा ३ ले पनि सफलताको रेकर्ड बनाउदै गए । नेपाली फिल्मको बजार औल्याउने श्रेय पनि दीपा सहितको दीपक राज गिरी , जितु नेपाल , केदार घिमिरे लगायतको टिमलाई जान्छ ।

    विक्रम संवत २०५४ सालमा पहिलो पटक फिल्मको लागि अभिनय गरेकी दीपालाई पहिचान भने गाउँले फिल्ममा समावेश गीत ‘गोलि सिसाको’ ले दिलायो। उक्त गीतमा राजेश हमालसँग नृत्य गरेकी दीपाले राम्रो चर्चा बटुलिन । विक्रम संवत २०५५ साल तिर ‘गाउँले’ रिलिज भएको थियो । आफ्नो करियरलाई विस्तारै यसै क्षेत्रमा देख्न थालेकी दीपाले यो सफलता सजिलै भने पाएकी हैनन् ।

    विराटनगरको मध्यम परिवारकी सदस्य दीपाले काठमान्डौमा धेरै स्ट्रगल गरिन् । विक्रम संवत २०५० साल तिर उनको भेट दीपकसँग भएको हो । रेडियो नेपालमा कामको लागि पुगेकी दीपाले त्यहीँ प्राङ्गण दीपकलाइ पहिलो पटक भेटेकी थिइन् । त्यसपछि यी दुइले सहकार्यको सुरुवात गरे । ‘दीपकलाई धनिया क्यारेक्टर चाहिएको रहेछ र म तराइको भएकोले उसले काम गर्न अफर गर्यो र हामीले सहकार्यको सुरुवात गर्यौं’ दीपाले भनिन् ।

    त्यहिँ सहकार्यले तीतोसत्य हुँदै फिल्मसम्म निरन्तरता पायो । र ,देखिएका सपनालाई पुरा गर्दै अगाडी बढिरहेको छ । तर , पनि चाडवाडमा दीपाले आफुलाई कहिले काही एक्लो महसुस गर्छिन् । ‘चाडवाडमा सबै परिवारसँग हुन्छन् त म एक्लै हुन्छु त्यसैले आम मान्छे झैँ मलाइ पनि फिल हुनु स्वाभाविक नै हो’ दीपाले भनिन् । तर , पछिल्लो समय उनले आफ्नो जिम्मेवारीलाई अगाडी बढाएकी छिन् । दर्शकको विश्वासले गर्दा उनि अझै बढी मेहनती भएकी छिन् ।

    किन एक्लै छिन् त ? उनि भन्छिन् ,’सायद म करियरमा बढी फोकस भए । प्रेम पनि बसेको थियो तर मैले त्यो समयमा करियरलाइ नै रोजे । किनकी सानै देखि मलाइ अभिनय गर्छु भन्ने लागेको थियो ।’ उनको पहिलो प्रेम त बस्यो तर करियर बाधक बन्यो । किनकी उनि फिल्मनगरीमा आफुलाई देख्न चाहन्थिन तर उनको प्रेमीको योजना अर्कै थियो । ‘मैले मलाइ प्रयास गर्न देउ भनेकी थिए । किनकी म आफ्नो सपनालाई एक पटक यथार्थमा परिणत भएको हेर्न चाहन्थे । तर , उसले मलाइ १/२ वर्ष पनि कुर्न सक्नु भएन । उहाँको आफ्नै बाध्यता थियो भने मेरो आफ्नै’ दीपाले भनिन् ।

    उनले प्रेमीसँग केहि समय मागेकी थिइन् तर प्रेमीसँग पारिवारिक दायित्व थियो । घरमा आमावुवा विरामी लगायतका दायित्वका कारण त्यतिवेला जोडी सम्भव नभएको दीपाको भनाइछ । तर , पनि पहिलो प्रेम अझै उनलाई याद छ । ‘हाम्रो सामाजिक सञ्जाल तथा फोनमा कुराकानी हुन्छ तर भेटघाट हुदैन’ उनले भनिन् । भेटघाटले सामिप्यता बढाउने भएकोले त्यसो नगरेको उनको भनाइ छ ।

    उनले विवाह नगर्ने मनसाय बनाएकी हैनन् , तर जुरेको छैन । ‘मेरो परिवारलाइ पनि मेरो विवाह हेर्ने रहर छ तर हेरौ कहिले हुन्छ भन्न सकिन्न’ उनले भनिन् । उनले दायित्व नभएकै कारण सफलता सम्भव भएको पनि बताउछिन् । उनलाई लाग्छ उनले आफ्नो लगनशीलतामा सात प्रतिशत दिन पाएकी छिन् । उनि भन्छिन, ‘मैले एकाग्र भएर फिल्ममा काम गर्न पाएकी छु । मैले अरु केहि सोच्नु परेको छैन , त्यसैले मेहनतको सफलता पाएकी छु ।’

    जीवन साथी नपाए पनि उनले आफुलाई माया गर्ने साथी पाएकी छिन् । जोसँगको सहकार्यले उनले आफ्नो सपनालाई मुर्तरुप दिन सफल भएकी छिन् । ‘हाम्रो बीचमा माया छ , तर त्यसमा मित्रता छ । हामीले यत्रो वर्ष सहकार्य गरेका छौँ , अनि सफलता पनि सँगै पाएका छौँ । माया नहुने सम्भव भएन तर हाम्रो मित्रता निकै माथि छ’ दीपाले भनिन् । उनले दीपक निकै मेहनती रहेको भन्दै प्रसंशा गरिन् । (इभिनिङ ग विथ नरेशमा गरिएको कुराकानीमा आधारित)

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.