सरकारले बिहीबार ल्याएको आर्थिक वर्ष २०७७—७८ को बजेटमा फिल्म क्षेत्रलाई सामान्य सम्बोधन गरिएको छ। फिल्म क्षेत्रका लागि भनेर अघि सारिएको चलचित्र नीति तथा कार्यक्रम लक्षित गरी बजेट विनियोजन गरिएको सरकारले जनाएको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाले बजेट भाषणको क्रममा साहित्यकार, कलाकार र संगीतकारको वृत्ति विकासका लागि कार्यक्रम सञ्चालन गर्ने र त्यसका लागि आवश्यक बजेट वितरण गर्ने बताए पनि ठोस कार्यक्रम भने प्रस्तुत गरेनन्। बजेटमा नेपाली श्रमजीवी फिल्मकर्मीलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उल्लेख छ। ‘छायांकनका लागि नेपाल’ अभियानको सुरुआत समयानुकूल वातावरणमा गरिने र काठमाडौं उपत्यकामा अत्याधुनिक सुविधा सम्पन्न स्टुडियो निर्माण गरिने बजेटमा उल्लेख छ।
मौलिक नेपाली फिल्म निर्माण गर्न प्रोत्साहित गर्ने, कलाकार संघको भवन निर्माण गर्न सहयोग र अनुदान दिने, नेपाली फिल्मका लागि प्रवद्र्धन संरक्षणका लागि आवश्यक बजेट व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले बताए।


