गोरखा समाचारदाता
काठमाण्डौं – राजधानीको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा २ जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार बिहीबार राति गोगंबुबाट बालाजु तर्फ जादै गरेको बा. २ ख ५४ ८४ नम्बरको मिनिट्रक र ना. ६५ प २००१ नम्बरको स्कुटर एक आपसमा ठोकिएको थियो । घटनामा परी घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो ।
घटना लगत्तै मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ नियन्त्रणमा लिएको छ ।




















