गोरखा संबाददाता
अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८को बार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिँदै सबैभन्दा बढी बजेट विनियोजन गरेका छन। उनले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरेका हुन्।
कोरोना भाइरसले निम्त्याएको नयाँ परिस्थितिले सिर्जना गरेको नयाँ चुनौती सामना गर्नेमा आगामी आर्थिक वर्षको बजेट केन्द्रीत भएको छ। कोरोना नियन्त्रणमा ६ अर्ब बजेट विनियोजन गरिएको छ।
आगामी वर्षको बजेट विगतका आर्थिक वर्षहरुमा विनियोजन गरिने स्वास्थ्य क्षेत्रमा बजेट भन्दा झण्डै २२ अर्ब बढी रहेको छ। आर्थिक वर्ष २०७६/०७७ मा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो। त्यस्तै आर्थिक वर्ष २०७५/०७६ सालमा स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख विनियोजन गरिएको थियो।


