गोरखा समाचारदाता
काठमाण्डौं – वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहीबार निधन भएको छ ।
उनको उपचारको क्रममा बिहीबार निधन भएको हो ।
राजधानीको नर्भिक अस्पतालमा नशाको उपचार गराई रहेका थापा लामो समयदेखि बिरामी थिए ।
चलचित्रका लागि पनि गीत लेख्ने थापाले २०१८ सालदेखि लेख्न सुरु गरेका हुन ।
उनले उकाली आरोली, फूलको डाली, सिमाना, पृथ्वी, जुनी, अवतार, रानीखोला, हतियार, प्रतिक्षा, चोखोमायालगायतका चलचित्रहरुमा गीत लेखेका छन् । उनको , गोरेटो त्यो गाउँकोलगायतका गीतहरु निकै लोकप्रिय छन् ।
उनी ८३ वर्षका थिए ।


