गोरखा समाचारदाता
काठमाण्डौं – बिहीबार दिउसो सम्म नेपालमा १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका विभिन्न जिल्लाका मासिनहरुमा गरिएको परिक्षणमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको हो । यो संगै नेपालमा कोरोना संक्रमणको संख्या १ हजार ४२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले आज १५६ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । यो अहिले सम्मकै एकै दिनमा देखिएको सबै भन्दा धेरै संख्या हो ।
प्रवता डा.देवकोटाले दिएको जानकारी अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका २ जना पुरुष, कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका २५ जना पुरुष, भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका २९ जना, महोत्तरीका १७ जना, रौतहटका ३ जना, सप्तरीका १२ जना, सर्लाहीका ७ जना, सिराहाका ६ जना, दोलखाका २ जना र सोलुखुम्बुका १ जना गरी ७७ जनामा कोरोना संक्रमण पुष्टी भएको मन्त्रालयका प्रवक्ता डा.देवकोटाले जानकारी दिए ।
त्यस्तै गरी प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १३ जना, दैलेखका ८ र बझाङका १ जना अर्का १ जना बोल्न नसक्ने मानिस गरी २३ जनामा संक्रमण भेटिएको छ ।
प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा स्याङजाका ३ जना, सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका १ र कैलालीका २ गरी ६ जनामा संक्रमण भेटिएको छ ।
किटजन्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा मकवानपुरका १ जना, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका ३ र बाँकेका १ गरी ५ जनामा संक्रमण भएको छ ।
धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
नेपालमा आज सम्म ५१ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।


