गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा कोरोना संक्रमित ५औं ब्यत्तिको ज्यान गएको छ ।
संक्रमितको किस्ट अस्पताल ललितपुरमा ज्यान गएको हो ।
कलेजोको रोगका अस्पताल भर्ना भएका ललितपुर महानगरपालिका २२ बुङमतीका ५७ वर्षका एक पुरुषको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले पुष्टी गरेको हो । उनको ज्यान गएपछि कोरोनाको सङ्क्रमण भएको रिपोर्ट आएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले उहाँको रिपोर्ट कोरोना पोजेटिभ आएको उज्यालोलाई जानकारी दिनुभयो ।
जेष्ठ ११ गते अल्कोहलिक लिभर डिजिज भएपछि पाटन अस्पताल लगिएको उनलाई आईसीयू अभाव भएको भन्दै किस्टमा पठाईएको थियो । उनको बुधबार निधन भएको हो ।
यसअघि सिन्धुपाल्चोक, बाँके, गुल्मी र बारामा १/१ जना संक्रमितको ज्यान गई सकेको छ ।




















