गोरखा समाचारदाता
काठमाण्डौं – गणतन्त्र दिवसको अवसरमा नेपाल सरकारले २३३ जना कैदीको कैद सजाय मिनाहा गरेको छ ।
राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्ति अनुसार २३३ जना कैदीबन्दीहरुको बाँकी कैद सजायँ मिनाहा भएको हो ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजायँ मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन् ।




















