गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट आज थप ७६ जना संक्रमित भएको पुष्टि भएको छ ।
बिहीबार बिहानै प्रदेश २ को धनुषा, महोत्तरी, सप्तरी, सर्लाही, सिरहा र रौतहटमा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९७७ पुगेको छ ।
प्राप्त जानकारी अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा धनुषाका २९ जनामा, महोत्तरीका १७ जना, सप्तरीका १४ जना, सर्लाहीका ७ जना, सिरहाका ६ जना र रौतहटका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


