गोरखा समाचारदाता
काठमाण्डौं – बुधबार एकैदिन ११४ जनामा कोरोना संक्रमण पुष्टी भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११४ जनामा संक्रमण देखिएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।
मन्त्रालयको नियमीत पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले बुधबार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सप्तरीका ११ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन । त्यसैगरी कोसी अस्पतालमा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
हेटौडामा भएको परीक्षणमा रौतहटका ७ सहित ८ जनामा कोरोना देखिएको छ । पोखरामा भएको परीक्षणमा बागलुङका ४ जनामा संक्रमण देखिएको छ भने दाङमा भएको परीक्षणमा रुकुम पूर्वका ३, दाङका १५ गरी १८ जनामो संक्रमण देखिएको छ ।
यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा १६ जना संक्रमण देखिएको डा.देवकोटाले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३८ जनाको संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ७९६ जना पुरुष र ९० जना महिला रहेका छन् ।





















