नायिका बेनिशा हमाल एक कुशल चित्रकार पनि हुन् । अभिनयको अलावा चित्रकारितामा पनि उत्तिकै रुचि राख्ने यि सुन्दरीले जाजकोटका २० बर्षिय युवा नवराज विश्वकर्माले उपल्लो जातिकी युवतीसँग प्रेम भएकै कारण आजको यो विपत आइपरेको भन्दै उनको तस्विर कोरेर सामाजिक संजालमा पोष्ट गरेकी छिन्।
यो परिस्थितीलाई नियालीरहेकी नायिका बेनिशाले सामाजिक संजालमा आँफुले बनाएको चित्र कोर्दै लेखेकी छिन् जातिय बिभेदले अस्ताएको एक अनुहार अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा भएको घटनाले अहिले नेपालको संसददेखि सामाजिक सञ्जाल राम्रोसँग तातेको छ। नवराज दलित समुदायको र उनकी प्रेमिका ठकुरी जातिको भएको भन्दै उनकी प्रेमीकाको परिवारले अस्विकार गरेकै कारण आजको यो अवस्था निम्तिएको हो।
प्रेमिकालाई लिन साथीहरु लिएर प्रेमिकाको गाउँ गएका उनी सहित उनका ४ साथीहरुको मृत्यु भयो। गाउँलेको कु-टाइबाट नदिमा हामफालेका २ अझै बेपत्ता छन्। यो परिस्थितीलाई नियालीरहेकी नायिका बेनिशाले सामाजिक संजालमा आँफुले बनाएको चित्र कोर्दै लेखेकी छिन् जातिय बिभेदले अस्ताएको एक अनुहार।



