गोरखा समाचारदाता
पोखरा — भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
केही दिन अगाडी मात्र भारतको विभिन्न सस्थानबाट आएका मध्ये ६ जनामा कोरोना देखिएको हो ।
बडीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ र तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका ४ जनाको गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा कोरोना पोजेटीभ देखिएको हो ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.बिनोदबिन्दु शर्माले कोरोना संक्रमणको पुष्टि गर्दै केहीबेरमा प्रेस विज्ञप्तिमार्फत् सार्वजनिक गर्ने बताए ।
संक्रमितलाई धौलागिरी अञ्चल अस्पतालमा उपचारका लागि ल्याउने तयारी भइरहेको छ । बागलुङमा पछिल्लो समय करीब ४०० जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका छन् ।




















