गोरखा समाचारदाता
काठमाण्डौं – नोबल कोरोना भाइरस (कोभिड–१९)बाट मंगलबार मात्रै नेपालमा ९० जना नयाँ कोरोना संक्रमित पुष्टी भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या ७७२ पुगेको छ ।
मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाकाले दिएका जानकारी अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा ३५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा महोत्तरीका २ जना, जुम्ला स्थायी ठेगाना भई बारामा कार्यरत २ जना र बाराकै ३ जनामा संक्रमण देखिएको छ ।
संक्रमण देखिनेहरुमा रौतहटका २१, सिरहाका ५ जना, १ जना जनकपुर अस्पतालमा उपचाररत धुनुषाका पुरुष, भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ७ जनाको रिपोर्ट समेत पोजेटिभ देखिएको छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कपिलवस्तुका २४ जना, रुपन्देहीको प्रादेशिक अस्पतालमा कपिलवस्तुकै ७ जना, अर्घाखाँचीका २, गुल्मीका २ र सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १ र अछामका १ जनामा संक्रमण देखिएको हो ।
पोखरामा भएको परीक्षणमा स्याङ्जाका २ जना र सुर्खेत प्रादेशिक अस्पतालमा भएको परीक्षणमा सुर्खेतका १२ जनामा कोरोना संक्रमण देखिएको प्रवक्ता डा.देवकोटाले जानकारी दिए ।



