गोरखा समाचारदाता
स्याङजा – स्याङजामा पहिलो पटक २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
केही दिन अघी मात्र भारतको गाजियाबादबाट वालिङ आएका उनीहरुमा संक्रमण पुष्टी भएको हो ।
नगरपालिकाको समाजघरमा रहेको क्वारेन्टिनमा बसेका उनीहरुको स्वाव परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको जन स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ ।
जेठ १० गते भारतबाट आएका उनीहरुको ११ गते स्वाब संकलन गरेर परीक्षणका लागि पोखराको प्रयोगशालामा पठाइएको थियो । २० र २९ वर्षका ती पुरुषलाई अहिले जिल्ला अस्पतालको आईसोलेसनमा राखिएको छ ।
२० जनाको समूहमा रहेका उनीहरु सबै सामान्य अवस्थामा नै रहेको श्रोतले जानकारी दिएको छ ।


