गोरखा समाचारदाता
गोरखा – गोरखाको मस्र्याङदीमा डुबेर एक युवक बेपत्ता भएका छन् ।
पौडी खेल्ने क्रममा गोरखाको पालुङटार निवासी धनराज विक नदीमा बेपत्ता भएका हुन् ।
पालुङटार नरपालिका ६ बरडाडाँ घर भएका विक पालुङटार ७ को नारायढचौर भन्ने स्थानमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएको प्रदेश प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
बेपत्ता विकको खोजीकार्य जारी रहेको ठाटीपोखरी प्रहरीले जनाएको छ ।


