लेखक, निर्माता तथा अभिनेता दिपकराज गिरीले आजको युगमा पनि दलितहरु प्रेम गरेको आरोपमा मारिएकोमा यसबाट बच्ने उपाय खोज्नु पर्ने धारणा राखेका छन् ।
‘कोरोनाबाट बाँच्न के के उपाय गर्नु पर्छ त्यो त डब्लुएचओ, सरकार सबैले बताए’, दिपकले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘आजको युगमा पनि दलितहरू प्रेम गरेको आरोपमा मारिदैं छन् । यसबाट बच्ने उपाय चाहिं कस्ले बताउँछ होला ?’
यता निर्देशक दिपाश्री निरौलाले भने जाजरकोटमा अन्तरजातिय प्रेम गर्दा मारिएका २० वर्षिय नवराज विकको खबर पढ्दा आफ्नो मन रोएको फेसबुकमा स्टाटसमा उल्लेख गरेकी छिन् ।
‘जातिय विभेदले निम्त्याएको घटना : दुलही लिन गएको छोराको शव आयो’ शिर्षको समाचार सेयर गर्दै फेसबुकमा दिपा लेख्छिन्, ‘मन रोयो…। कहिले अन्त्य हुन्छ ?’




















