‘सिधा कुरा जनतासँग’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गरेर लोकप्रिय बनेका रबि लामिछानेले पनि जाजरकोटमा भएको दलित युवको हत्याको बिरोध गरेका छन् । साथै उनले २० वर्षिय नवराज विक र उनका साथीहरुको हत्याको विषयमा ‘सिधा कुरा जनतासँग’ मा समेट्ने प्रयास गर्ने आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् ।
‘जातीय विभेदको धरातलीय यथार्थको एउटा कुरुप तस्बिर हो रुकुमको घटना । बिना कारण होनहार अमुल्य जीवनहरु गुमे । यो क्रुर अपराधको जति निन्दा गरेपनि कम हुन्छ । दोषीहरु माथी हदै सम्मको कार्वाही होस् । महापापीहरुका विरुद्ध सशक्त आवाज उठाउन आजको कार्यक्रममा यस घटना बारे विशेष रिपोर्ट प्रस्तुत गर्दैछौं ।
घटनाको अर्को पाटो बारेपनि जानकारीहरु आइरहेका छन् । घटना समाचारमा आए भन्दा फरक भए त्यसलाई पनि समेट्ने प्रयास गर्नेछौं’, आफ्नो फेसबुकमा रबि लामिछानेले लेखेका छन् ।


