अन्तरजातिय प्रेम र विवाह प्रयासमा हत्या जस्तो जघन्य अपराध रोक्न संविधानको एन्टिबायोटिक र कानुनको भ्याक्सिनले मात्र नपुग्ला जस्तो देखिएको बताएका छन् । सरकारलाई यस्को कडा भन्दा कडा उपचार गर्न सुझाव दिदैं अपराधिक कार्यको निन्दा गरेका छन् ।
‘प्रकृतिको गर्भबाट जन्मिएको कोरोना भाइरस त एक न एकदिन समाप्त हुन्छ । तर, मान्छेको बिकारबाट जन्मिएको जातीय विभेद र अपराधको भाइरस अन्त्य हुने छाँटकाँट देखिएन । अन्तरजातीय प्रेम–बिवाह गर्न खोज्ने रुकुममा दुई युवा मारिएका र पाँच जना बेपत्ता भएको खबर छ । यस्तो जघन्य अपराध रोक्न संबिधानको एन्टिबायोटिक र कानुनको भ्याक्सिनले मात्र पुग्ला जस्तो छैन । कडा भन्दा कडा उपचार के हुन्छ ? तुरुन्तै गर्न पर्यो । यो आपराधिक कार्यको निन्दा गर्दै दिवंगत युवाहरुप्रति हार्दिक श्रद्धाञ्जली’, गजुरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् ।
अन्तरजातिय प्रेम सम्बन्धमा रहेका जाजरकोटाका २० वर्षिय नवराज विक र उनका दुई साथीहरुको हत्या भएको छ । यस्को नेपाली कलाकर्मीले चर्को बिरोध गरिरहेका छन् ।


