अन्तरजातिय प्रेम सम्बन्धका कारण जाजरकोटमा हत्या भएका २० वर्षिय नवराज विक र उनका अन्य दुई साथीको हत्यामा संलग्नलाई कडा भन्डा कडा कारबाही हुन नायिका पूजा शर्माले माग गरेकी छिन् । कोरोना भाइरस र छिमेको मिचाइ कि आफ्नै अन्तजातिय विभेदसँग लड्नु भन्दै पूजाले दुःख व्यक्त गरेकी छिन् ।
‘रोग चाहिँ नयाँ आउन थाली सक्यो तर हाम्रो सोचमा चाहिँ कहिले नयाँपन आएन हो । समानता नै मानवाताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले बुझ्छौ होला है हामीले ?’, पूजाको प्रश्न छ, ‘अब रोगसँग लड्नु कि छिमेकीको मिचाइबाट लड्नु कि आफ्नै घर भित्रको अन्तर जातीय विभेदसँग लड्नु ? साँच्चै नै गाह्रो छ स्थिति ।’
‘भगवान हामी सबैलाई सदबुद्धी र सहि बाटो देखाऊ । दोषीलाई कडा भन्दा कडा कारबाही होस् सरकार’, पूजाको माग छ ।


