गोरखा समाचारदाता
भक्तपुर – भक्तपुरको नयाँठिमी चोकमा टिपरको ठक्करबाट एक प्रहरीको ज्यान गएको छ ।
सोमबार राती ९ः३० बजे काठमाडौंबाट भक्तपुर तर्फ आउँदै गरेको ट्रिपरले ठक्कर दिदा प्रहरी नायव निरिक्षक निम बहादुर घर्तीको ज्यान गएको हो ।
डिउटीमा रहेका घर्तीलाई मध्यपुर ठिमी नपा ४ नयाँ ठिमी चोकमा बा. ४ ख ४७०१ नं को ट्रिपर सोही दिशाबाट आउदै गरेको बा. ४ ख ४३१८ नं. को ट्रिपर अनियन्त्रीत भएर बालकुमारी चोकको बिचको रेलिङलाई हान्दै घर्तीलाई ठक्कर दिदा उनको ज्यान गएको भत्तपुर प्रहरीले जनाएको छ ।
टाउकोमा गम्भिर चोट लागे घर्तीलाई तत्कालै उपचारको लागि नर्भिक अस्पताल थापाथली लगीकोमा उनको आज (मंगलबार) बिहान ५ः१५ बजे उपचारको क्रममा ज्यान गएको महानगरीय प्रहरी परिशर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।
दुर्घटना गराउने दुबै सवारी साधन र दुबै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका मध्ये बा. ४ ख ४३१८ नं को ट्रिपर चालक राकेश सैँजुले मादक पदार्थ सेवन गरेको पुष्टी भएको छ ।
प्रहरीको प्रारम्भीक अनुसन्धानमा लापरवाही तरिकाले तीब्र गतिमा सवारी साधन चलादा दुर्घटना भएको हो ।


