अमेरिकामा रहेकी अभिनेत्री जल शाहले पनि नेपालमा भएको अन्तरजातिय प्रेमका कारण जाजरकोटमा २० वर्षिय नवराज विक र उनका दुई साथीको हत्याको बिरोध गरेकी छिन् । जातलाई लिएर नेपालमा भएको हत्याको अभिनेत्री शाहले आश्चर्यता प्रकट गरेकी छिन् ।
‘जातलाई लिएर हत्या ? अपराधीहरूको अन्धविश्वासको कारणले पिडितले उनीहरूको बेइज्जत गर्यो वा समान संस्कृति सहितको समुदाय वा धर्मको सिद्धान्तको उल्लंघन र्गयो वा गर्छ भन्ने सोच राख्नु आफैमा लज्जास्पद कुरा हो । यो कस्तो गलत प्रचलन ? कसैले पनि आफ्नो जातको आधारमा कसैको ज्यान लिने अधिकार छैन ।
केही देशहरूको न्याय प्रणालीले, विद्यमान कानुनहरूको कार्यान्वयनको कमीले होस् या त परिवारको सम्मानको नाममा हुने भेदभावका कारणले होस्, कडा दण्ड वा मुद्दा चलाइदैन, यो कस्तो बिडम्बना ? अपराधिलाई तत्काल कड़ा भन्दा कडा सजाय होस्’, अभिनेत्री जल शाहले भेरिफाइड फ्यान पेजमा लेखेकी छिन् ।


