गोरखा समाचारदाता
सुर्खेत – नेपालमा मंगलबार बिहान १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश अस्पताल सुर्खेत र पशुपञ्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६९४ पुगेको छ ।
संक्रमणहुनेहरुमा सुर्खेत बिरेन्द्रनगर वडा नम्बर १, २, ३ र ६ तथा भेरी गंगा ८ र सिम्ता ४ का रहेका छन् । सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले विज्ञप्ती नै जारी गर्दै उत्त संख्यामा कोरोना भाइरस संक्रमण देखिएको जनाएको छ ।
विज्ञप्ती अनुसार बिरेन्द्रनगर २ मा १ जना महिला ४ जना पुरुष, १, ३ र ६ मा १/१ जना पुरुष र भेरी गंगा र सिम्तामा २/२ जना पुरुषमा संक्रमण देखिएको हो । संक्रमण देखिएकाहरुमा ९ बर्ष देखी ४९ बर्ष समूहका मानिस रहेका छन् ।
यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।



