गोरखा समाचारदाता
काठमाण्डौं – चीनमा फेरी कोरोना संक्रमित देखिन थालेको छ ।
सोमबार साँझसम्म त्यहाँ ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितहरु वुहान क्षेत्रका बढी रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । वुहानमा पछिल्लो दश दिनमा ६० लाख मानिसको स्वास्थ्य परीक्षण गरिसकिएको छ ।
चीनमा अहिले कुल ३९६ जना यस्तै प्रकारका बिरामी उपचाररत अवस्थामा रहेको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । ती मध्ये ३२६ जना वुहान क्षेत्रका रहेका छन् ।
स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि हुने, तर लक्षणहरु भने नहुने गरेको अधिकारीहरुको भनाइ छ । वुहानमा यसअघि जनवरी र मार्च महिनामा मात्रै ५० हजारभन्दा बढी सङ्क्रमित भएको थियो ।


