गोरखा समाचारदाता
काठमाण्डौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा चौथो व्यक्तिको ज्यान गएको पुष्टि भएको छ ।
बाराको करैयामाई गाउँपालिका ७ का ७० वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारका क्रममा उनको जेठ ४ गते ज्यान गएको थियो ।
सोमबार मात्रै उनको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।


