गोरखा समाचारदाता
काठमाण्डौं – नेपालमा आज साँझ सम्म थप ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ ।
अछाम मेललेकका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । सेती प्रादेशिक अस्पतालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।
त्यसैगरी भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार गुलरिया १० बर्दियाका २२ र २४ वर्षीय पुरुष र गुलरिया २ बर्दियाका १८ वर्षीय पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।
यस्तै नारायणी अस्पतालको प्रयोगशामा गरिएको परीक्षणमा २ जनामा पोजिटिभ देखिएको छ। उनीहरु जिरा भवानी गाउँपालिका ४ पर्सा कालिकामाइको क्वारेन्टाइनमा रहेकामा १८ वर्षका पुरुष र काठमाडौं महानगरपालिका १५ घर भएका कलैयामा काम गर्नेमा कोरोना पोजिटिभ देखिएको हो ।
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ५१ हजार ६४२ र आरडीटी विधिबाट ९५ हजार १९२ नमूना परीक्षण भईसकेको छ ।




















