गोरखा समाचारदाता
काठमाण्डौं – अबको केही बेरमा प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रको नाममा संबोधन गर्ने कार्यक्रम तय भएको छ ।
कोरोना महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लागेको हो ।
नेपाल टेलिभिजन मार्फत ५ः३० बजे गर्ने सम्बोधनमा प्रधानमन्त्रीले कोरोना महामारीका विरुद्धको लडाइका सन्दर्भमा जनतालाई जानकारी गराउन केन्द्रित हुनेछ ।
कोरोना महामारीपछि प्रधानमन्त्रीले यसअघि दुईपटक राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।


