गोरखा समाचारदाता
गोरखा – गोरखा बजारमा युवाहरुले गाउँ वरपर रहेको स्थानलाई परिवर्तन गर्न थालेका छन् ।
गोरखा नगरपालिका ६ र ८ का स्थानियले गाउँलाई परिवर्तन गर्न सुरुवात गरेका हुन् ।
लकडाउन संगै युवाहरु फुर्सतीला भए पछि उनीहरुले त्यो समय समाज सेवामा लगाउन थालेका हुन् । त्यसैको उदाहरण बनेको छ गोरखा सदरमुकामको पाटेचौरको बोसेपानी धारा र बराह मन्दिर ।
फुर्सदिला युवाहरुले अहिले त्यसै खेर गएको स्थानमा स्वयं सेवक काम गरी विकास निर्माणका काम गर्न थालेका हुन । खेर गएको जमिन प्रयोग गरेर पार्क तथा ओपन जिम देखी अनेकन स्थल निर्माण गरिरहेका छन् भने कतै जिर्ण बन्दै गरेको मन्दिरलाई मर्मत गरेर हेर्न लायकका बनाएका छन् ।
आउनुहोस हामी पनि हेरौं युवाहरुको यो काम :







