गोरखा समाचारदाता
गोरखा – गोरखामा कोरोना संक्रमण भएर ज्यान गुमाएका मानिसको शब ब्यवस्थापन सम्बन्धी प्रर्दशनी सम्पन्न भएको छ ।
नोबल कोरोना भाइरस (कोडिभ–१९) संक्रमण भएर ज्यान गएको खण्डमा शवलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा नेपाली सेनाले गोरखा बजारमा प्रर्दशनी सम्पन्न गरको हो ।
रण सिं दल गण र गोरखा अस्पतालको सहकार्यमा शब ब्यवस्थापन सम्बन्धी प्रर्दशन गोरखा बजारको रानीपोखरीमा रहेको सेनाको ब्यारेकमा गरिएको हो । ‘संक्रमितको ज्यान गएको खण्डमा शब ब्यवस्थानको जिम्मेवारी सेनाको भएकोले कसरी गर्ने भन्ने बिषयमा सरोकारवालालाई जानकारी होस भन्ने उद्वेश्यले प्रर्दशनी गरिएको’ गणपति उज्वल केसीले बताए । ‘संक्रमण भएर आईसोलेसनमा राख्ने र ज्यान गएको खण्डमा शबलाई कसरी ब्यवस्थापन गर्ने भनेर सबै प्रर्दशन गरिएको’ उनले बताए ।
गणले आयोजना गरेको प्रर्दशनीमा संक्रमण भएको मानिसको घर वा बसोबास स्थललाई डिसईन्फेक्सन गर्ने देखी संक्रमित ब्यक्ति ओसारपसारमा सम्लग्न मानिस र सवारीलाई समेत डिसईन्फेक्सन गरेर देखाएको थियो ।
गोरखा अस्पतालका सवारी चालक र नेपाली सेनाका जवानहरुले संक्रमित ब्यक्तिको ज्यान गए पछि उपचाररत स्थललाई डिसईन्फेक्सन गरेर देखाउदै शबलाई समेत ब्यवस्थान गरेर कला प्रर्दशन गरेका थिए ।
नेपाली सेनाले तयार परेको कथा बस्तुमा आधारीत उत्त प्रर्दशन हेर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मीहरु, रेडक्रसका साथै अन्य सरोकारवाला संस्था र स्थानिय संघ संस्थाका प्रतिनिधीहरु सहभागि भएका थिए ।













